गठबन्धन टुट्ने हल्ला भ्रम हो : माधव नेपाल

 #नेकपा एकीकृत समाजवादी     २८ पुष २०८०, शनिबार १७:०४     26 जनाले पढ़िसके



Spread the love

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन भत्किने र टुट्ने हल्लामा सत्यता नभएको बताएका छन् । ​

शंखरापुर नगरपालिकामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सबै खालको निराशा र विरोधलाई चिर्नुपर्छ । विरोधीको सामना गर्नुपर्छ । गठबन्धन टुट्छ भत्किन्छ भनेर कसैले भ्रम फैलाउँछ भने यो सही होइन’, नेपालले भने, ‘यो गठबन्धन पाँचै वर्ष जान्छ । ढुक्क भएर बस्नुस् । केही हुँदैन ।’ फोटो : फाइल