बरहथवा घटनाका मृतक साहकाे अन्तिम दाहसंस्कारमा पुगेर मन्त्री सिंहले गरे श्रद्धाञ्जली अर्पण

 संवाददाता    २३ पुष २०८०, सोमबार १८:११     57 जनाले पढ़िसके



Spread the love

सर्लाही, बरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका नगरका वडा नं.-६,का जयशंकर साहको शव यात्रा पछि दाहसंस्कार गरिएको छ ।

तीन दिन पछि साहको शव आइतवार परिवारले जिम्मा लिएर पोष्टमार्टम पस्चात आज साेमवार दहासंस्कार गरिएको हाे । दाहसंस्कार अघि शव यात्रा निकालिएको छ। शव यात्रा नगर परिक्रमा पछि बागमती नदीको खर्सलबा घाटमा दहासंस्कार गरिएकोहो ।
साहको पार्थिव शरीरमा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह, विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता, स्थानीय नागरिक तथा आफन्तले माल्यार्पण गरि अन्तिममा श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

बरहथवा अस्पतालको विषयमा भएको आन्दोलनको क्रममा साहको गत शुक्रवार प्रहरीको गोली लागि मृत्यु भएको थियो।
बिजुलीको बिल तिरेर फर्कदै गर्दा साहको मृत्यु भएपछि स्थानीय र आफन्तले तीन दिनसम्म शव सडकमै राखेर आन्दोलन गरिरहेका थिए । आइतवार ११ बुँदे सहमति भएपछि साहको शव पोष्टमार्टम् पछि परिवारले जिम्मा लिएका थिए।

गोली लागेर मृत्यु भएका साहप्रति श्रद्वाञ्जली व्यक्त गर्न बरहथवा नगरपालिकाले साेमवार सार्बजनिक बिदा दिएको छ ।बरहथवा नगरपालिकाकी प्रमुख कल्पना कुमारी कटुवालद्वारा जारी सार्वजनिक सूचनामा नगरपालिका कार्यालय, वडा कार्यालयहरु, शैक्षिक लगायत नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी एवम् गैरसरकारी संघ संस्थामा सार्बजनिक बिदा दिईएको उल्लेख छ ।
सूचनामा शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना सहित मृतक साहको चिरशान्तीको कामना गरिएको छ ।