बरहथवा मेयरको राजनैतिक स्वार्थले निम्त्याएको आन्दोलनले स्थिती बिग्रिंदा प्रहरीको गोलिले एक होनहार युवाको ज्यान गयो

 एमाले     २० पुष २०८०, शुक्रबार २२:२१     28 जनाले पढ़िसके



Spread the love

सर्लाही, आज बरहथवामा भएको तनावपूर्ण घटनामा प्रहरीको गोलि लागि एक युवा व्यवसायीको निधनको घटनाले स्तब्ध पारेको छ। बरहथवा नगरमा रहेको १५ शैय्याको अस्पताललाई स्तरवृद्दी गरि ५० शैयाको प्रादेशिक अस्पताल बनाउने भन्दै मधेश प्रदेश सरकारले ८०/८१ बजेटमा समेटे अनुरुप २०८०/६/९ को नगर कार्यपालिकाको वैठकले निर्णय गर्दै मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो। सोही अनुरुप मधेश प्रदेश स्वास्थ्य मन्त्रालयले कार्य अघि बढाएको थियो।

नगरपालिकाले मधेश प्रदेश स्वास्थ्य मन्त्रालयमा गरेको पत्राचार

स्तरवृद्दी गर्ने निर्णय स्थगन को निर्णय

तत्पश्चात अकस्मात पुन: एमाले पार्टीको दबाबमा निर्णय उल्टाउँदै २०८०/९/१७ गते कार्यपलिकाको वैठ्कले अस्पताल प्रदेशलाई हस्तान्तरण नगर्ने निर्णय गर्दै पुर्व निर्णय स्थगन गरेको थियो। सोही विषयमा ४/५ दिनदेखी नै नगरको स्थिती तनावपूर्ण बनिरहेको अवस्थामा नगरपालिकाले सर्वदलिय वैठक आह्वान गरेको थियो।

आज आह्वान गरेको वैठक समेत अकस्मात स्थगन गरेको भन्दै नगरले अर्को सुचना जारी गरेपछी स्थिती झन तनावपूर्ण बनेको र विभिन्न संघ संस्था, उद्दोग वाणिज्य संघसमेतले विरोध गरि बजार पसल बन्द गरेर आन्दोलमा उत्रेका थिए।

सोही स्थिती नियन्त्रण बाहिर जांदा विजुलीको बिल तिरेर फर्किरहेका सोही वडाका युवा व्यवसायीको प्रहरीको गोली लागि निधन भएको छ। यसरी निर्णय गरि मेयरले पार्टीको निर्देशनमा निर्णय फिर्ता लिंदा अवस्था यहाँ सम्म आइपुगेको स्थानीयबासीले बताएका छन। यसरी आफुले गरिसकेको निर्णय बाट मेयर पछि हट्दा अप्रिय घटना घट्ने परिस्थिति सृजना भएको स्थानीयको आरोप छ।

यस्तै आज नेपाली कांग्रेस जिल्ला समितिले विज्ञपति जारी गर्दै जयशंकर साहको निधनप्रती दुख प्रकट गर्दै घटनाको छानबिन समिती गठन गरि निश्पक्ष छानबिनको माग गरेको छ भने एमाले पार्टी निर्देशनमा अस्पताल स्तरवृद्दी गर्ने निर्णय बाट पछि हटेकी मेयर कल्पना कुमारी कटुवालको कदमको विरोध गरेको छ।

नेपाली कांग्रेस सर्लाहीको विज्ञप्ती

यस्तै नेपाली कांग्रेस मधेस प्रदेशले समेत विज्ञप्ती प्रकाशित गर्दै युवा व्यवसायीको निधनको घटनामा दुख प्रकट गर्दै । अस्पताल हस्तान्तरण गर्ने कार्यमा भएको मेयरको राजनितीको विरोध गरेको छ।

नेपाली कांग्रेस मधेस प्रदेशको विज्ञप्ति