पशुपतिको आरती र दीप प्रज्वलनको भिडियो खिच्न मनाहीको सूचनाप्रति कोषको आपत्ति

 पशुपतिनाथ     २० पुष २०८०, शुक्रबार १६:१५     27 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । 

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही र कारबाही गर्ने सूचनाप्रति आपत्ति रहेको जनाएको छ ।

शुक्रवार अत्यन्त जरुरी सूचना भन्दै कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले जारी गरेको सूचनामा भनिएको छ :

बुढासुब्बा डिजिटल प्रा. लि. ले यस श्रीपशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडियो सामाग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुवमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारवाही हुने जानकारी गराउँदछौं भन्ने सूचना विभिन्न सामाजिक सञ्जालमा प्रकाशित भएको प्रति कोषको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नाम समेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको छ । उक्त सूचना प्रकाशित प्रति कोषको कुनैपनि संलग्नता नरहेको ब्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं ।