दुवै देशका परराष्ट्र मन्त्रीले गरे त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन

 संवाददाता    २० पुष २०८०, शुक्रबार ११:२७     27 जनाले पढ़िसके



Spread the love

काठमाडौं, परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन गरेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आएका जयशकर र परराष्ट्रमन्त्री एनपी साउदले आज संयुक्त रूपमा पुस्तकालय उद्घाटन गरेका हुन् ।

भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्ने छन् । त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक सागरराज सुवेदीका अनुसार तीन तल्ला नयाँ भवन अपाङ्गमैत्री तथा लिफ्टलगायतका सुविधासमेत छन् ।

नयाँ भवन पाएसँगै पुस्तकालयमा किताब जारी गर्न र फिर्ता भएको पुस्तकको अभिलेख राख्ने विशेष प्रणाली आरएफ आइडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन सिस्टम)समेत जडान हुनेछ । पुस्तकालय कूल सात हजार आठ सय वर्गफिट फराकिलो रहेको जानकारी पनि उनले दिए ।

विसं २०७७ मा पुस्तकालय भवन निर्माण सुरुआत भएको थियो । पुस्तकालयमा भारतीय पुस्तकको छुट्टै कोठासमेत रहने छ । यसबाहेक पुस्तकालयमा ५० वटाभन्दा बढी सङ्ख्यामा कम्प्युटरसमेत अध्ययनकर्तालाई उपयोग गर्न दिइने जनाइएको छ ।