काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, परराष्ट्र मन्त्रीद्दारा स्वागत

 भारत     १९ पुष २०८०, बिहीबार ११:०४     35 जनाले पढ़िसके



Spread the love

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् ।

भारतीय वायु सेवाको विशेष विमानमार्फत् आएका जयशंकर नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् ।

उनले आजैदेखि उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने छन् । उनले राष्ट्रपति, प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतलाई भेट्ने कार्यक्रम छ ।

आजै दिउँसो परराष्ट्र मन्त्रीस्तरीय आयोगको बैठक बस्दैछ ।

बेलुका परराष्ट्रमन्त्री एनपी साउदले आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् । शुक्रबार बिहान पशुपतिनाथ मन्दिरमा पूजा गरेपछि उनी भारत फर्किने कार्यक्रम छ ।