बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने सहमति

 प्रधानमन्त्री     १५ पुष २०८०, आईतवार १६:३०     36 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ ।

सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्व न्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने जानकारी दिएका हुन् ।

‘भोलि विहान बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्छ’ छलफलमा सहभागी एक कांग्रेस नेताले भने, ‘आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्ने छ ।’ फोटो : फाइल