मधेसका स्वास्थ्य मन्त्री सिंह एक्सनमा, प्रादेशिक अस्पताल जनकपुरबाट दुई जना विचौलियालाई लगाए प्रहरीको जिम्मा

 मधेश प्रदेश     १४ पुष २०८०, शनिबार १६:५६     112 जनाले पढ़िसके



Spread the love

जनकपुर, सरकारी अस्पतालमा उपचार गराउन आएका विरामीलाई निजी अस्पताल तर्फ लैजान लागेका दुई जना विचौलियालाई प्रादेशिक अस्पताल जनकपुरको परिसरबाट मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले समातेर आवश्यक कारवाहीका लागि धनुषा प्रहरीको जिम्मा लगाएका छन् ।

रातो घेरा भित्र बिचौलिया

स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले शनिवार विहान प्रादेशिक अस्पताल जनकपुरमा आकस्मिक छड्के निरीक्षणको क्रममा विरामीले गरेको गुनासोको आधारमा महोत्तरी जिल्ला लोहरपट्टी नगरपालिका वडा नम्वर ४ का २७ बर्षिय रामविनय यादव र भंगहा नगरपालिका वडा नम्वर ३ का २७ बर्षिय राकेश महरालाई समातेर आवश्यक कारवाहीको लागि धनुषा प्रहरीको जिम्मामा लगाएका हुन् ।

आज विहान ९.३० बजेको समयमा प्रादेशिक अस्पताल जनकपुरमा निरीक्षण अनुगमनको क्रममा एक जना महिलाले बच्चा जन्माएपछि निजलाई राम्रो एवं समुचित उपचार निजी अस्पतालमा गराइदिन्छु भन्दै यादव र पासवानले फकाएर लैजान लागेको अवस्थामा मन्त्री सिंहले थाहा पाएपछि दुबै विचौलियालाई समातेर धनुषा प्रहरीलाई बोलाएर कारवाहीको लागि जिम्मा लगाइएको मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिए ।

स्वकीय सचिव त्रिपाठी भन्छन्, स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहको चाहना प्रदेशका कुनै पनि विरामी निजी अस्पतालमा उपचार गराउन जानु नपरोस, सरकारी अस्पतालहरुलाई सेवा सुविधा एवं चिकित्सा सेवाको लागि उपयुक्त साधनश्रोतबाट भरिपूर्ण भएको अवस्थामा नीजि अस्पतालमा गएर अनधिकृत रुपमा लाखौं खर्च गर्नुपर्ने झन्झटीलो उपचार सेवालाई पूर्ण रुपमा निस्तेज बनाउने अभियानमा लागिपरेको बताए ।
सरकारी अस्पतालमा दक्ष जनशक्तिहरु उपलब्ध गराइएको छ, समुचित रुपमा सबै खाले विरामीहरुको उपचारको लागि उचित बन्दोबस्त मिलाइएको छ, नेपाल सरकारको मापदण्ड अनुसारको औषधीहरुको व्यवस्थापन गरिएको हुँदाहुँदै सरकारी अस्पतालमा उपचार गराउन आएका विरामीहरुलाई विचौलियाहरु ललाई फकाई लैजाने परिपाटीलाई मन्त्रीज्यूले पूर्ण रुपमा भत्काउन खोजेको हुँदा उक्त कार्यमा सबै सरोकारवाला निकाय एवं सर्वसाधारणहरु सजग भएर सरकारी वा प्रादेशिक अस्पतालमै उपचार गराउनु पर्नेमा मन्त्री सिंहको चाहना रहेको बताए ।


स्वकीय सचिव त्रिपाठी भन्छन्, स्वास्थ्य मन्त्रीज्यूको चाहनालाई शतप्रतिशत पालना गर्न गराउन प्रादेशिक अस्पतालको पनि त्यतिकै दायित्व रहेको छ, जहाँ विचौलियाहरुलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्ने अन्यथा प्रादेशिक अस्पताललाई नीजि क्षेत्रका अस्पतालहरुले बदनाम गराउने छन । मधेश प्रदेश सरकारमा स्वास्थ्य मन्त्री बनेको दिन देखि नै प्रदेशको आठै जिल्लामा रहेका प्रादेशिक अस्पताललाई सुदृढ बनाई उक्त जिल्लाहरुका विरामीहरु नीजि अस्पतालमा जानु नपरोस भन्ने उद्देश्य उहाँको रहेको हुँदा सबै पक्ष मिलेर विचौलिया प्रथालाई अन्त्य गरी सरकारी अस्पताल प्रतिको विश्वासलाई अघि बढाएमा मात्रै स्वास्थ्य क्षेत्रमा देखिएको समस्याहरु अन्त्य हुने तथा स्वास्थ्य मन्त्री सिंहले लिएको उद्देश्य एवं लक्ष्य पुरा हुने उनले विश्वास व्यक्त गरे ।
यता पक्राउ परेका यादव र पासवानलाई धनुषा प्रहरीले हिरासतमा राखेर आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी कार्यालय धनुषा श्रोतले बतायो ।