सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

 सन्दिप     १२ पुष २०८०, बिहीबार ०८:२२     47 जनाले पढ़िसके



Spread the love

काठमाडौं,  जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा बुधबारका लागि राखिएको थियो ।

सोमबार र मंगलबार सार्वजनिक बिदा अदालत बन्द भएको थियो । बुधबार पनि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि आजका लागि पुनः सुनुवाइ राखिएको हो ।

यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।