थामी समुदायका लागि बाह्रबिसे नगरपालिका–९ राम्चेमा चिटिक्कको तल्लोखण्ड सामुदायिक भवन निमार्ण भएको छ । उक्त भवनको नगरप्रमुख बालकृष्ण बस्नेतले उद्धघाटन गरेका छन ।
बाह्रबिसे नगरपालिकाले गत बर्ष १० लाख र यसबर्ष ५ लाख बजेट उपलब्ध गराएपछि उक्त भवन निर्माण भएको निर्माण समितिका अध्यक्ष जगत थामीले जानकारी दिए । भवन ३ कोठे पक्की बनेको छ ।
थामी समुदायको कला संस्कृति, रितिरिवाज, पराम्परा, भेषभूषा, विवाह, व्रतबन्ध, भोजभतेर लगायतका संस्कार सरंक्षण र जगेर्नाका लागि भवन निमार्ण गर्न बजेट प्रदान गरिएको मेयर बस्नेतले बताए। आगामी बर्ष पनि माथिल्लो तल्ला उठाउन बजेट प्रदान गर्ने उनले बताए।
सिमान्तकृत, बिपन्न थामी समुदायको शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक, सामाजिक, साँस्कृतिक सबै क्षेत्रमा नगरपालिकाले लगानी गर्ने नगर प्रमुख बस्नेतले बताए । बाह्रबिसे नगरमा सयौं धुरी थामी समुदायको बसोबास रहेको छ ।
वडाको सिफारिसमा भवन निर्माण भएको वडा अध्यक्ष कृष्णबहादुर रायमाझीले बताए । वडामा रहेका थामी, दलित, जनजाती आदिबासी लगायत सबै जातजाती र समुदायको सबै क्षेत्रको बिकासमा वडा कार्यालय लागिरहेको रायमाझीले बताए। आफ्ना लागि भवन बनाईदिएपछि थामी समुदायले मेयर, नगर र वडा कार्यालयप्रति धन्यवाद व्यक्त गरेका छन् ।
उनी नगरपालिकामा विकासप्रेमी मेयरको रुपमा परिचित हुँदै गइरहेको त्यहांका स्थानीयले बताएका छन। उनले अन्य क्षेत्र स्कुल,खानेपानी, बाटो लगायतमा पनि प्रशस्त बजेट बिनियोजन गरि विकासप्रेमी मेयर रुपमा स्थापित भएको भन्दै स्थानीयले प्रशंसा गरेका छन।