कांग्रेस मधेस सम्मेलनमा बन्द सत्र जारी

 काँग्रेस     २०८०, ६ पुष शुक्रबार १४:०७     90 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसको मधेस सम्मेलनमा शुक्रबार बन्द सत्र चलेको छ।

जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेदेखि बन्दसत्र जारी रहेको प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए।

बन्द सत्रमा महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गरेका छन् भने कोषाध्यक्ष प्रदीय यादवले आर्थिक प्रतिवेदन पेश गरेका छन्।

बन्द सत्रमा मधेसका ८ जिल्लाबाट आठ सय २५ जना प्रतिनिधि सहभागी छन्।

सम्मेलनको सभापति शेरबहादुर देउवाले बिहीबार उद्घाटन गरेका थिए।