माओवादी केन्द्रको बैठक बस्दै,विधान सम्मेलनबारे छलफल गरिने

 #माओवादी     ३ पुष २०८०, मंगलवार १०:०७     19 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज दिउँसाे ३ बजे बस्दैछ ।

बैठकमा आउँदाे केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा पार्टीको आउँदाे कार्ययोजनाका सम्बन्धमा छलफल हुनाका साथै माओवादीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको समीक्षा हुने प्रवक्ता सापकोटाले बताए।