चीनको उत्तरपश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प: कम्तीमा १०० जनाको मृत्यु

 भुकम्प     ३ पुष २०८०, मंगलवार ०९:३५     63 जनाले पढ़िसके



Spread the love

चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पमा २०० बढी घाइते भएको चिनियाँ सञ्चार माध्यमलाई उद्धृत गर्दै सीआईएनले जनाएको छ ।

समाचारमा जनाइएअनुसार उत्तर–पश्चिम गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ ।

भूकम्पका कारण केही भागमा विद्युत र खानेपानी आपूर्ति पनि अवरुद्ध भएको छ।

यातायात र सञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।

गान्सुको राजधानी लान्झाउमा भूकम्पको धक्का महसुस हुनेबित्तिकै विश्वविद्यालयका विद्यार्थीहरू छात्रावासबाट बाहिर निस्किएका थिए । उद्धार टोली घटनास्थल पुगेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । उद्धार कार्य सुरु गरिएको छ ।