काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण रिहा भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएपछि उनी आज ७ महिनापछि थुनामुक्त भएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले खाँणलाई वैशाख २७ पक्राउ गरेको थियो । बिहिबार उच्च अदालत पाटनले खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।
जिल्ला अदालत काठमाडौँमा धरौटी रकम बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो । सम्पत्ति शुद्धीकरण विभागले खाँणलाई १५ लाख धरौटीमा रिहा गर्ने निर्णय गरेको हो । फोटो : फाइल