बैंकहरू मिटरब्याजी जस्ताे हुनु भएन : अध्यक्ष ओली

 एमाले     २४ मंसिर २०८०, आईतवार १७:००     33 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरू मिटरब्याजी जस्तो हुन नहुने बताएका छन । झुलाघाट–चिवाभञ्ज्याङ यात्राअन्तर्गत आज आइतवार नुवाकोटमा भएको अन्तरक्रिया कार्यक्रममा उनले बैंकहरूले साहु तथा मिटरब्याजीको जस्तो निर्मम तरिकाले नभएर विकासका लागि सहयोगी र अनुकूल संस्थाको रूपमा दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले बैंकहरूले जुन सर्तमा व्यवसायीलाई ऋण दिएको हो त्यो सर्त पालना गर्न पनि उत्तिकै आवश्यक रहेको बताए। उनले अफ्ठ्यारोमा परेका व्यवसायीलाई केही समयका लागि म्याद थप गरेर उद्यम व्यवसायको विकासमा सहयोग गर्न आग्रह गरे ।

उनले भने, ‘बैंकहरूले जुन सर्तमा ऋण दिएको छ त्यो सर्त पालना हुनुपर्छ । कुनै कारणवश त्यो सर्त पालना हुनै नसक्ने अवस्था आयो भने दुई पक्षको सहमतिपछि मात्रै बैठकले घटबढ गर्नेछ भन्ने लेख्या हुन्छ । तर घट भन्ने त लेख्या मात्रै हो कहिल्यै हुँदै हुँदैन । बढ मात्रै हुने हो । त्यो बढ एकलौटी बढ्न नपाउने व्यवस्था हुनुपर्छ । अहिलेको अवस्थामा रहेको ऋणको ब्याजलाई एकल अङ्कमा ल्याउनुपर्छ । अलिकति म्याद थप गरेर अप्ठ्याराेमा परेका उद्यमी व्यवसायीलाई सहयोग गर्नुपर्छ  ।’

अध्यक्ष ओलीले अहिले नेपालले विकासमा फड्को मार्न चाहेको र यस्तो अवस्थामा जसले सस्तोमा पूर्वाधारहरू बनाइदिन्छु भन्छ उसैलाई बनाउन दिनुपर्नेमा जोड दिए । जसले सस्तोमा सामान दिन्छ उसको किन्ने र महँगोमा जसले हाम्रा सामान किन्छ उसैलाई बेच्नुपर्ने एमाले अध्यक्ष ओलीको भनाइ छ ।