आज सर्वोच्चमा टिकटक प्रतिबन्धको ‘सुनुवाइ’

 सुचना प्रविधि     २०८०, १९ मंसिर मंगलवार ०९:५३     93 जनाले पढ़िसके



Spread the love

सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

यसअघि दर्ता भएका करिब एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने तयारी अदालतले गरेको हो।

यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहालले टिकटकमाथिको प्रतिबन्धको निर्णय फिर्ता हुनसक्ने सङ्केत गरेका छन्।

सोमबार साँझ सम्पादकहरूसँग गरेको अन्तर्क्रियामा उनले यस्तो सङ्केत गरेका हुन्।

टिकटकमाथि लगाइएको बन्देजका कारण नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित हुनसक्छ भन्ने भएमा अब निर्माण हुने नयाँ कानुनबाट त्यसलाई सम्बोधन गर्न सकिने उपाय सुझाएका थिए।

त्यो कानुनमा नियमनको व्यवस्था गर्ने र प्रतिबन्धको निर्णय फिर्ता लिन सकिने उनले सम्पादकहरूलाई जानकारी दिएका थिए।