कोशी प्रदेशका मन्त्रीहरुको जिम्मेवारी तोकियो

 कोशी प्रदेश     २०८०, १७ मंसिर आईतवार १६:५३     118 जनाले पढ़िसके

Spread the love

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यसअघि विनाविभागीय रहेका ३ जना मन्त्रीको जिम्मेवारी तोकेका छन्।

कार्कीले शनिबार मन्त्रालय तोकेर प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष सिफारिस गरेका थिए। प्रदेश प्रमुख खापुङले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त सिफारिसअनुसार मन्त्रीहरुको जिम्मेवारी तोकेका हुन्।

कार्कीले आन्तरिक मामिला मन्त्रालयमा शम्शेर राई, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा गणेश उप्रेती र भौतिक पूर्वाधार विकास मन्त्रालयमा कमल प्रसाद जवेगूलाई जिम्मेवारी दिएका छन्।

कार्कीले आन्तरिक मामिला मन्त्रालयमा शम्शेर राई, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा गणेश उप्रेती र भौतिक पूर्वाधार विकास मन्त्रालयमा कमल प्रसाद जवेगूलाई जिम्मेवारी दिएका छन्।