३० दूरसञ्चार प्रदायक कम्पनीलाई सम्पर्कमा आउन प्राधिकरणको अनुरोध

 संवाददाता    १७ मंसिर २०८०, आईतवार १०:२२     25 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सम्पर्कमा आउन अनुरोध दिएको छ । प्राधिकरणले आइतबार सूचना जारी गर्दै सात दिनभित्र सम्पर्कमा आउन अनुरोध दिएको हो ।

नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तीय विवरण तथा रोयल्टी नबुझाएको भन्दै दूरसञ्चार कम्पनीलाई सात दिनभित्र प्राधिकरणको सम्पर्कमा आउन आग्रह गरेको हो ।

साथै उक्त अवधिभित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने बताएको छ ।

Dursanchar-notice-1701567475.JPG