नक्कली भुटानी शरणार्थी प्रकरणमा यी हुन् धरौटी माग गरिएका र थुनामै रहने प्रतिवादीहरु, खांडको धरौटीमा न्यायाधीशको राय बाझियो

 नक्कली भुटानी शरणार्थी काण्ड     १५ मंसिर २०८०, शुक्रबार १७:३८     52 जनाले पढ़िसके



Spread the love

ललितपुर । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आदेश सुनाएको छ । ठगी, लिखत, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी मुद्दा खेपिरहेका २२ जना प्रतिवादीमध्ये पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग ३० लाख रुपैयाँ धरौटी माग गरिए पनि उनी तत्काल रिहा नहुने भएका छन् । उनको हकमा दुई न्यायाधीशबीचको राय बाझिएपछि तेस्रो न्यायाधीशले धरौटीमा रिहा गर्ने वा नगर्ने भन्नेबारे आदेश दिनेछन् ।

तर, पूर्व उपप्रधानमन्त्रीसमेत रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलगायत भने थुनामै रहने भएका छन् । अदालतको आदेशअनुसार रायमाझीसहित टेकनारायण पाण्डे, डा इन्द्रजित राई, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पा थुनामै रहने भएका हुन् ।

अन्य प्रतिवादीको हकमा भने धरौटी मागदेखि साधारण तारेखमा रिहासम्मको आदेश भएको छ । फोटो : फाइल