पोडवेले पायो नेपालमा वैधानिक मान्यता, निर्णय राजपत्रमा प्रकाशित

 पोडवे     २०८०, १० मंसिर आईतवार १८:१३     390 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले राजपत्रमा सुचना प्रकाशित गरी पोडवेलाई कानुनी मान्यता दिएको हो । यसअघि पोडवेको नितिगत रुपमा कानुनी व्यवस्था नहुंदा निर्माण तथा विस्तृत परियोजना साम्भाब्यता अध्ययन लगायतका कार्यहरु प्रभावित भएका थिए।

मंसिर ७ गते राजपत्रमा प्रकाशित सुचना अनुसार अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यविधि बनाएर पोडवे संचालनको अनुमति दिन सक्ने भएको छ । कार्यविभाजन नियमावलीको दोस्रो संशोधन गर्दै सरकारले पोडवे संचालनको बाटो खोलेको हो ।

‘पोडवे, स्काइ ट्रलिबस, जलमार्ग लगायत बैकल्पिक यातायात सम्बन्धी नवीन प्रविधिको पहिचान, अध्ययन, नीति, कानुन, मापदण्ड कार्यान्वयन र नियमन गर्ने’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यविभाजन नियमावलीको नियमको बुँदा नं १६ मा भनिएको छ ।

राजपत्रमा प्रकाशित सुचनामा पोडवे सम्बन्धी निर्णय