दुर्गा प्रसाईंले गुनासो गर्दै भने– काठमाडौंबासीले मलाइ सघाएनन्

 दुर्गा प्रसाई     २०८०, ९ मंसिर शनिबार १५:४९     137 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो गरेका छन् ।

शनिवार सिफलमा आयोजित प्रदर्शनमा बोल्दै उनले युवाहरू बिदेसिएको र देशमा बस्न नसक्ने अवस्था नरहेको भन्दै काठमाडौँ खाली हुने जिकिर गरे ।

‘म जति बाँच्छु तपाईँहरूको हितमा काम गछुं । साथ दिन तपाईँहरू बाहिर निस्कनु भएन भने काठमाडौँमा स्याल रुन्छ । यहाँ मान्छे हुने छैन’, उनले भने । उनले आफूलाई प्रधानमन्त्री नचाहिएको भन्दै केबल भ्रष्टाचार र बेथितिविरुद्ध आफूले आन्दोलन गरेको बताए

उनले काठमाडौँ ललितपुर र भक्तपुर बासी कहिले घरबाट बाहिर निस्केर आन्दोलनमा सघाउन आउँछन् भन्दै प्रश्न पनि गरे । उनले स्वाभिमानको लडाइँमा समयमै सहभागी हुन अनुरोध गरे । फोटो :फाइल