दुर्गा प्रसाइको आन्दोलनलाई सिफल चौरमा अनुमति

 दुर्गा प्रसाई     ९ मंसिर २०८०, शनिबार १०:२३     38 जनाले पढ़िसके



Spread the love

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको प्रदर्शन काठमाडौंको सिफलमा हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले त्रिभुवन विमानस्थल नजिकै भएकाले तीनकुने क्षेत्रमा आन्दोलन गर्न नदिने भएपछि प्रसाईं समूहले प्रदर्शनका लागि ठाउँमा मागेको थियो ।

प्रशासनले शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्ने शर्तमा गौशालाछेउको सिफल चौरका लागि अनुमति दिएको प्रसाईंले बताएका छन् । उनले बिहान ११ बजे सिफल चौरमा उपस्थित हुन आफ्ना समर्थकलाई आव्हान गरेका छन् ।

‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ नाम दिएर प्रसाईं समूहले ७ मंसिरमा बल्खु क्षेत्रमा प्रदर्शन गरेको थियो । सो क्रममा प्रहरीसँग झडप पनि भएको थियो । भिड अराजक बनेपछि हिजो तीनकुनेमा प्रदर्शन गर्न प्रशासनले निषेध गरेको थियो । अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको र सुरक्षा दिन अप्ठेरो हुने भएकाले अर्कै ठाउँमा रोज्न प्रशासनले भनेको थियो । फोटो : फाइल