सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

 सर्वोच्च अदालत     ८ मंसिर २०८०, शुक्रबार १७:४०     20 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – ससदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । समितिले सर्वोच्च अदालतका लागि हालै प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

संसद सचिवालयमा सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले पत्रिकामा सूचना प्रकाशन गरेर १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

गत मङ्सिर ५ गते सरकारले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्त गर्ने निर्णय गर्ने निर्णय लिएर सुनवाइ समितिलाइ जानकारी गराएको थियो । सिफारिसको जानकारी गत मंसिर ६ गते समितिलाइ पठाए पछि शुक्रबारको बैठक सुनवाइ प्रकिया सुरू गर्ने निर्णय लिएको हो ।

सरकारले हालै सर्वोच्चको न्यायाधीशका लागि महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकाल सिफारिस गरेको थियो ।