मैले जहाँ पाइला टेक्छु, त्यहाँ एमाले सकिन्छ : दुर्गा प्रसाईं

 दुर्गा प्रसाई     २०८०, ६ मंसिर बुधबार १५:५०     95 जनाले पढ़िसके



Spread the love

व्यवसायी दुर्गा प्रसाईं आफूले पाइला टेकेको ठाउँमा एमाले सकिने चेतावनी दिएका छन् ।

भोलि काठमाडौंमा प्रदर्शन गर्नु अघि भक्तपुरमा आयोजित एक पत्रकार सम्मेलनमा प्रसाईंले एमाले कोशी, मधेशपछि अब काठमाडौंमा सकिने बताएका हुन् ।

‘केपी ओली र महेश बस्नेतको राज हो यो ? विर्तामोडमा, मेची अञ्चल मात्रै होइन २ नम्बर प्रदेशमा एमाले सकियो । ललितपुर, काठमाडौं, भक्तपुर जहाँ दुर्गा प्रसाईंले पाइला टेकेको छ त्यहाँ एमाले सकिँदैछ’ उनले भने ।

भक्तपुरमा महेश बस्नेतले आफूलाई निषेध गरेको भन्दै उनले कि आफ्नो जग्गा किनिदिन नभए उनको सबै जग्गा आफूले किनिदिने चेतावनी पनि दिए । ​

सिकारीले पनि सुतेको बेला गोली नचलाउने भन्दै उनले आफ्नो सर्वस्व लुटिएको दुःख सुनाउन आएकालाई महेश बस्नेतका युवाले हातपात गरेको आरोप उनले लगाए ।

‘सिकारीले सिकार गर्दा पनि निदाउँदा गर्दैन । बिउँझाएर मात्रै गर्छ । तर गए राति ११ बजेर ५९ मिनेटमा चेलीहरूलाई जबरजस्ती गर्न खोजियो । हाम्रो घर लुटियो भनेर न्याय माग्न आउँदा मेरा हजुरबाको कमाण्डमा रहेका युवा संघका अपराधीले जुत्ता बझारे, एक जनाको दाँत खुस्केको छ । यस्तो बेला प्रधानमन्त्री र गृहमन्त्री के हेरेर बस्नुभएको छ ?’ उनले भने ।