टिकटक प्रतिबन्ध विरुद्दको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ हुने

 सर्वोच्च अदालत     २०८०, १ मंसिर शुक्रबार १३:४८     97 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतले पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै ४ मंसीर (आगामी सोमबार) का लागि पहिलो पेशी तोकेको हो ।

एकजना न्यायाधीशको एकल इजलासमा प्रारम्भिक मुद्दाको सुनुवाइ हुनेछ ।

रिट निवेदन पेश गरेका कानून व्यवसायीहरुले तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको मागसमेत राखेका छन् ।