तिहारपछि भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण सुरु गर्ने कर्णाली सरकारको निर्णय

 संवाददाता    २५ कार्तिक २०८०, शनिबार २०:०५     81 जनाले पढ़िसके



Spread the love

सुर्खेत , कर्णाली प्रदेश सरकारले तिहारपछि जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनःस्थापनाका साथै पुनर्निर्माणका काम अघि बढाउने निर्णय गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण सुरु गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिममा पुनर्निर्माणमा सघाउन सबै निकायसँग अपिल पनि गरेको छ ।

मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले स्थायी आवास निर्माणको लागि आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्था सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिए । कार्यविधि बनाएर पुनर्निमाणका काम थालिने  उनले बताए ।

भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरुको उपचारका लागि तत्काल रकम उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको उनले बताए ।