क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा बहस नोट बुझाउन आदेश भएको छ । जिल्ला अदालत काठमाडौं दुवै पक्षलाई २२ मंसिरभित्र बहस नोट बुझाउन आदेश दिएको हो । न्यायाधीश केशव घिमिरेको इजलासले यस्तो आदेश दिएको हो ।
यो मुद्दाको अर्को पेसी २४ मंसिरका लागि तोकिएको छ । लामिछानेले एक नाबालिगलाई बलात्कार गरेको भन्दै मुद्दा परेको छ ।