राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित ,मंगलबार भूकम्प प्रभावित क्षेत्र जाने

 राष्ट्रपति     २० कार्तिक २०८०, सोमबार १७:३९     31 जनाले पढ़िसके



Spread the love

राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण स्थगित गरेका छन्। देशमा भूकम्पका कारण सयौँ नागरिकको ज्यान गएर शोकमग्न भएका बेला विदेश जान लागेको भन्दै आलोचना भएपछि पौडेलले भ्रमण स्थगित गरेका हुन्।

राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन कात्तिक २२ गते जाने कार्यक्रम थियो। तर भूकम्पसहितका अन्य संकटका कारण नागरिकहरू पीडामा रहेका बेला पौडेलको भ्रमण स्थगित भएको हो।

पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले सोमबार एक विज्ञप्ति निकालेर युरोप भ्रमण स्थगित भएसँगै अब भूकम्प प्रभावित क्षेत्र जाने कार्यक्रम तय भएको छ।