अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी, १६ जनाको मृत्यु

 #अन्तरास्ट्रिय     २०८०, ९ कार्तिक बिहीबार ०९:२०     106 जनाले पढ़िसके



Spread the love

एजेन्सी– अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी हुँदा १६ जनाको मृत्यु भएको छ। उक्त गोलाबारीमा ५० जना घाइते भएको अनुमान गरिएको छ।

स्थानीय प्रहरीले बन्दुकधारी खुलेआम घुमिरहेकाले सचेत रहन चेतावनी दिएको छ। प्रहरीले आफू बसेको ठाउँबाट अन्त नगइ त्यहीँ सुरक्षित रहन अपिलसमेत गरेको छ ।

ठाउँठाउँमा भइरहेको गोलाबारीको अनुसन्धान भइरहेको भन्दै प्रहरीले सावधान गराएको बीबीसीले जनाएको छ।