इजरायलमा मृत्यु भएका ४ विद्यार्थीको शव आइपुग्यो, आजै धनगढी पठाइने

 संवाददाता    ५ कार्तिक २०८०, आईतवार १०:१०     34 जनाले पढ़िसके



Spread the love

इजरेलमा हमास समुहको आक्रमणमा परी मृत्यु भएका ४ नेपालीको शव काठमाडौं ल्याइएको छ । फ्लाइ दुबइको विमानबाट आज बिहान ४ नेपालीको शव ल्याईएको हो ।

नेपाली विद्यार्थीहरु दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, नारायणप्रसाद न्यौपाने र आशिष चौधरीको शव स्वदेश ल्याइएको इजरेल स्थित नेपाल दुतावासले जनाएको छ ।

उनीहरुको शवलाई सेनाको सहयोगमा सम्बन्धि जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत घर परिवार सम्मै पुर्याउने ब्यवस्था गरीएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हमासको आक्रमणमा मारिएका अन्य ६ जना नेपालीको शव ल्याउन भने थप समय लाग्ने दूतावासले जनाएको छ । केही शवको पहिचान गर्न डीएनए परीक्षण गर्नुपर्ने भएकाले नेपाल ल्याउन समय लाग्ने दूतावासले उल्लेख गरेको छ ।