एमाले सुदूरपश्चिमको नेतृत्व छान्न आज निर्वाचन हुँदै

 एमाले     २०८०, २३ आश्विन मंगलवार ०६:५६     132 जनाले पढ़िसके



Spread the love

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । नेताहरूले सहमतिको प्रयास गरेपनी अन्ततः सहमति नजुट्दा आज निर्वाचन हुने भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएपछि नेताहरु सहमतिको प्रयासमा लागेका थिए तर आकांक्षीहरूका बीचमा सहमति हुन सकेन ।

सुदूरपश्चिम प्रदेशको अधिवेशनमा नेतृत्वका लागि तीनजना आकांक्षी देखिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष वचनबहादुर सिंह, अछामका कमल तिमिल्सेना र कृष्णप्रसाद जैशी नेतृत्वको लागि अकांक्षी देखिएका हुन् ।