झलनाथ खनाल प्रतिष्ठानको सर्पपालन कार्यक्रममा अनियमितता, एमाले मधेस उपाध्यक्ष रेवती पन्त सहित ७ जनाविरुद्ध १८ करोडको मुद्दा

 भ्रष्टाचार     २०८०, २१ आश्विन आईतवार १७:०४     122 जनाले पढ़िसके



Spread the love

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित सर्प पालनमा कार्यक्रममा आर्थिक अनियमितता गरेको आरोपमा मधेश प्रदेशका तत्कालीन मन्त्रीसहित ७ जनाविरुद्ध झण्डै १८ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवसहित ७ जनाविरुद्ध १७ करोड ९८ लाख ३३ हजार बिगो कायम गरी आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक मामिला यादवका अलवा तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ, झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालक समितिका तत्कालीन अध्यक्ष रेवतीप्रसाद पन्त(उनी हाल एमाले मधेस प्रदेश उपाध्यक्ष हुन), महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र राय विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।