काठमाडौँ- सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डिभी) बुधबार रातिबाट खुलेको छ ।
काठमाडौँस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राति ९ बजेर ४५ मिनेटपछि आवेदन खुला भएको जानकारी दिएको हो ।
यो कात्तिक २१ गते नेपाली समय अनुसार १०:४५ बजे बन्द हुनेछ । अमेरिकाले हरेक वर्ष डिभी भरेकाहरूलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । डिभी परेर अमेरिका जानेहरुले उतैको ग्रीनकार्ड पाउने गर्छन् । डीभीमा पहिला योग्य व्यक्तिहरु पहिलो चरणमा छनौट गरिन्छ । त्यस पश्चात् पहिलो चरणमा छनौट भएकाहरुलाई दोस्रो चरणमा सम्पुर्ण रुपमा योग्य उम्मेदवार छनौट हुन्छन र उनीहरुलाई अमेरिकामा बस्ने अस्थायी अनुमती सङै क्रमश स्थायी अनुमति प्रदान गरिन्छ।