गम्भीर अपराधका दोषीको कैद मिनाहा गलत छ: गगन थापा

 काँग्रेस     २०८०, १८ आश्विन बिहीबार १४:५५     109 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले गम्भीर अपराधमा दोषि ठहर भएकालाई कैद माफि मिनाह गरिएको विषयमा आपत्ति जनाएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले संविधानविपरीत कानुनको छिद्रबाट बदनियतका साथ छिरेर सो निर्णय गरिएको भन्दै विरोध गरेका हुन्।

उनले भने, ‘संविधान दिवसको दिन ६७० जनालाई माफी मिनाहा गरिएको छ। तीमध्ये कति संविधान सम्मत, कानुन सम्मत पनि छ होला । तर फेरि एकपटक संविधानको मर्मविपरीत र कानुनको छिद्रबाट बदनियतका साथमा छिरेर, गम्भीर अपराधमा दोषि ठहर गरिएकालाई कैद माफि मिनाह गरिएको छ। बदनियतका साथ भएको यो निर्णय गलत छ। यसको विरोध स्वभाविक छ, बान्छनिय छ। यसको विरोध हुन्छ।’

यो विषय अदालतसम्म पुगेको उल्लेख गर्दै महामन्त्री थापाले सरकारको सो निर्णयले सबैलाई गिज्याइरहेको बताए। उनले भने, ‘यो विषय अदालतको ढोकासम्म पुगेको छ, जसले हामी सबैलाई गिज्याइरहेको छ। अदालतमाथि पनि प्रश्न उठेको छ। अदालतले पक्कै यसको बारेमा बोल्छ। र सहि कुरा बोल्छ।’ फोटो : फाइल