एमाले कर्णालीको अध्यक्षमा गुलावजंग शाह बिजयी

 कर्नाली     २०८०, १६ आश्विन मंगलवार ०६:२४     102 जनाले पढ़िसके



Spread the love

सुर्खेत, नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलावजंग शाह बिजयी भएका छन

निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २०७ मत पाउँदा ३६९ मत ल्याएर शाहले अध्यक्ष जितेका हुन् । अध्यक्ष पदका अर्का उम्मेदवार प्रकाश रोकायाले भने चार मत मात्रै पाएका छन् ।

अरु पदमा पनि गुलावजंगकै प्यानलका उम्मेदवारहरुले जिते । उपाध्यक्षमा टेकराज पछाई र सचिवमा ध्रुव शाहीले प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले हराए । पछाइले ३४२ मत ल्याएर जित्दा प्रतिस्पर्धीहरु लालबहादुर महताराले १७६ र दानसिंह परियारले ५९ मत पाए ।

सचिवमा ध्रुव शाहीले ४०६ पाउँदा प्रतिद्वन्द्वी रुद्रबहादुर शाहीले १६९ मत पाए । कर्णालीमा गुलावजंग र मीनबहादुरले प्यानल बनाएर चुनाव लडेका थिए । गुलावजंगलाई स्थायी कमिटी सदस्य रहेका कर्णालीकै नेता यामलाल कँडेलले साथ दिएका थिए भने मीनबहादुरलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीकै साथ थियो । तर पार्टी अध्यक्षकै उम्मेदवार बनाएर प्रतिस्पर्धामा उत्रिएका मीनबहादुरको प्यानलबाट कुनैपनि पदाधिकारीले जित्न सकेनन् ।