गौशालामा चक्कु प्रहार, घटनास्थलबाट पेस्तोल बरामद

 #अपराध     २०८०, १५ आश्विन सोमबार १३:१६     124 जनाले पढ़िसके



Spread the love

काठमाडौंको गौशालामा एक जना व्यक्तिमाथि चक्कु प्रहार भएको छ।

काठमाडौं प्रहरी प्रवक्ता (एसपी) कुमुद ढुंगेलले गौशालामा डाइग्नोसिस सञ्चालक साजन हुसेनमाथि चक्कु प्रहार भएको जानकारी दिए।

ढुंगेलका अनुसार चक्कु प्रहार गर्ने व्यक्तिको खोजि भइरहेको छ। घटना स्थलबाट पेस्तोल बरामद भएको उनले जानकारी दिए। फोटो : सांकेतिक