सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना आज हुने भएकाे छ । गएराति भएको मतदानको आज मतगणना हुने भएको हो ।
मतगणना बिहान ८ बजेदेखि हुने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । कुल ६१६ मध्ये ६०९ मत खसेका छन् ।
एमाले कर्णाली अध्यक्षका लागि मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकाया प्रतिस्पर्धामा छन् ।