सरकारको निर्देशनसँगै निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

 आयल निगम     १४ आश्विन २०८०, आईतवार १५:३७     57 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । सरकारले पुरानै मूल्यमा पेट्रोलियम पदार्थको बिक्री गर्न भनेपछि नेपाल आयल निगमले मूल्य फिर्ता गरेको छ । निगमले शनिबार रातीदेखि लागू हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता भएको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।