एमाले बागमतीको अध्यक्षका उम्मेदवार पूर्वसांसद कृष्ण दाहाल बलिया

 एमाले     १२ आश्विन २०८०, शुक्रबार १७:१७     40 जनाले पढ़िसके



Spread the love

बागमती प्रदेश अध्यक्षको निर्वाचनका प्रतिस्पर्धी  कृष्ण दाहालले अध्यक्षको तयारी यसअघि नै थालिसकेका थिए । अध्यक्षको उम्मेदवार बन्न नै केन्द्रीय सदस्य दाहाल प्रदेश प्रतिनिधि चयन भएर आएका छन् ।

दाहाल नेतृत्व र अधिवेशन प्रतिनिधि दुवैको समर्थन लिएर बागमतीको अध्यक्ष बन्ने अभियानमा रहेको मकवानपुरका युवा नेता दीपक न्यौपानेले बताए ।

दाहालले पार्टीका नेताहरुलाई कुनै एकजनाको पक्षमा विभाजित नहुनसमेत आग्रह गरेको निकट स्रोतले जनाएको छ । मकवानपुर १ बाट ३ पटक सांसद निर्वाचित दाहाल २०४८ मा सबै भन्दा कान्छा संसद थिए ।

उनले मकवानपुर एमालेको नेतृत्वसमेत गरिसकेका छन् । निर्वाचनमा जाँदा उनको जित लगभग निश्चित रहेको एमालेका एक केन्द्रीय सदस्यले बताए।