मणिपाल अस्पताल प्रकरण : चिकित्सक र आफन्तबीच ६ बुँदे सहमति

 संवाददाता    १२ आश्विन २०८०, शुक्रबार १२:०४     84 जनाले पढ़िसके



Spread the love

पोखरा- मणिपाल शिक्षण अस्पतालबाट सुरु भएको विवादको निरुपण भएको छ । सोमबार लमजुङको सुन्दरबजार नगरपालिका- ७ की ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि सुरु भएको विवाद ६ बुँदे सहमतिसँगै टुंगिएको हो ।

बिहीबार राती प्रशासन, प्रहरी, अस्पताल, पीडितका पक्षको वार्तापछि ६ बुँदे सहमति गर्दै दुवै पक्षले आन्दोलन स्थगित गरेका छन् ।

आइतबार अस्पतालमा भर्ना भएकी सुकमायाको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाहीको कारण बिरामीको ज्यान गएको भन्दै तोडफोडमा उत्रिएका थिए ।

सहमतीको पहिलो बुँदामा सुकमाया दुराको स्मृतिमा मणिपालले सुन्दरबजार नगरपालिकामा सकेसम्म मृत्यु भएको मिति पारेर प्रत्यक वर्षको १ पटक १० वर्षसम्म विशिष्टिकृत चिकित्सकबाट निशुल्क स्वास्थ्य शिविर सुरु गर्ने उल्लेख छ ।

अल्पसंख्यक दुरा जातिको उपचारमा अस्पतालले छुट दिने अर्को सहमति छ । जसका लागि दुरा सेवा समाज लमजुङ र कास्कीसँगै वडा कार्यालयले विपन्न गरिब भएको सिफारिस गर्नुपर्नेछ ।’मृतक सुकमाया दुराको मुत्युको सम्बन्धमा हुने अनुसन्धानको प्रक्रिया खुला रहने’, सहमतिमा भनिएको छ ।

चिकित्सकमाथि हातपातको आरोपमा प्रक्राउ परेका विनय गुरुङ उपर दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षा सम्बन्धि ऐन २०६६ अन्तर्गतको कसुर मुद्वामा कानुनी रित पुर्याइ यथाश्रिघ सहजीकरण गर्ने उल्लेख छ ।