सुन तस्करी प्रकरणबारे आजबाट थुनछेक बहस हुँदै

 सुन काण्ड     १० आश्विन २०८०, बुधबार ०८:५२     57 जनाले पढ़िसके



Spread the love

सुन तस्करी प्रकरणमा आजबाट थुनछेक बहस सुरु हुने भएको छ। जिल्ला अदालत काठमाडौँमा हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरूको बयान सकिए पछि आजबाट थुनछेक बहस हुन लागेको हो।

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालका अनुसार हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको मङ्गलवारसम्ममा सकिएकाले बुधवारबाट थुनछेक बहस सुरु हुन लागेको हो।

गत साउन ४ गते समातिएको ६० केजी बढीको सो सुन तस्करी प्रकरण र भेप मा ल्याइएको झन्डै ९ केजी सुन प्रकरणमा सरकारी वकिलका कार्यालयले प्रतिबादीहरूलाइ थुनामा राखेर छानबिन गर्न आदेश माग गर्नेछ।