प्रधानमन्त्री दाहाल चीनमा, राष्ट्रपति सीसँग आज भेटवार्ता हुने

 प्रधानमन्त्री     ६ आश्विन २०८०, शनिबार ११:०४     45 जनाले पढ़िसके



Spread the love

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार हाङ्जाउ विमानस्थलमा चीन सरकारका खेलकुद सामान्य प्रशासनमन्त्री  एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष  गाव झिदानले स्वागत गरेका छन् ।

प्रधानमन्त्री दाहाल शनिबार बिहान चिनियाँ समय अनुसार १०: १० बजे चीन पुगेका हुन् । संयुक्त राष्ट्र संघको महासभा सहभागी भएर अमेरिकाबाट हङकङ हुँदै उनी एसियाली खेलकुद महोत्सव आयोजना गरिएको चीनको हाङचौं सहरमा पुगेका हुन् ।

प्रधानमन्त्री दाहाल आज साँझ एसियाली खेलकुद महोत्सवमा उद्घाटन समारोहमा सहभागी हुने छन् । त्यसअघि आजै दिउँसो चार बजे चिनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रधानमन्त्री दाहालले भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।