संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्ने चुनौती छ : अध्यक्ष नेपाल

 #नेकपा एकीकृत समाजवादी     ३ आश्विन २०८०, बुधबार १६:५२     35 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्ने चुनौती रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल रिटर्नी एसोसियसनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, “संविधानमा समाजवाद स्थापना, भेदभाव, अन्यायको अन्त्य लगायतका सबै विषय समेटिएपनि संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्ने चुनौती रहेको छ ।”

नेपाली विशेषताको समाजवाद स्थापनाका लागि योजनाबद्ध रूपमा अघि बढ्ने, मौलिक हक जनतामा प्रदान गर्ने कुरामा निकै समस्या देखिएको उनले बताए ।

अध्यक्ष नेपालले बजेटमा रोजगारीसम्बन्धी कार्यक्रम राखे पनि वास्तविक रूपमा कार्यान्वयन हुन नसकेको धारणा राखे ।

संविधानमा उल्लेख गरेका कुराहरूलाई व्यवहारमा लागु गर्नका लागि सरकारलाई आह्वान गर्दै सरकारका राम्रा कामलाई सदैव साथ दिने जिकिर गरे ।