संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट छ सय ७०को कैद मिनाहा

 राष्ट्रपति     २ आश्विन २०८०, मंगलवार १९:२७     33 जनाले पढ़िसके



Spread the love

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ ।

उनले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ । फोटो : फाइल