कोशी नाम सच्याउन माग गर्दै र्याली र विरोध सभा

 कोशी प्रदेश     २ आश्विन २०८०, मंगलवार १७:३७     41 जनाले पढ़िसके



Spread the love

कोशी प्रदेशको नाम सच्याउन माग गर्दै प्रदेश १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिले र्याली र विरोध सभा गरेको छ। इटहरीबाट निकालिएको मोटरसाइकल र्याली विराटनगरको महेन्द्र चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो।

सभालाई नामाकरण संयुक्त सङ्घर्ष समितिका नेताहरूले सम्बोधन गरिरहेका छन्। समितिको नेतृत्वमा आन्दोलनमा सहभागि हुन कोशी प्रदेशका विभिन्न जिल्लाबाट आन्दोलनकारीहरू इटहरीमा भेला भएर र्यालीमा सहभागि भएका थिए।

प्रदेशको नाम कोशी राखेपछि नाम सच्चाउन दवाव दिँदै समितिको नेतृत्वमा आन्दोलन भइरहेको छ। कोशी प्रदेश सरकारले नामाकरणको असन्तुष्टि सम्बोधन गर्न वार्ता समिति गठन गरेर वार्ता थालेको भए पनि सरकार परिवर्तनका कारण वार्ता प्रभावित भएको छ।

गत फागुन १७ गते कोशी प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको थियो। ९३ सदस्यीय प्रदेशसभामा नेकपा एकिकृत समाजवादीका ४ जना सांसदले मात्रै कोशी नामको विपक्षमा मतदान गरेका थिए।