राप्रपा नेपालले असोज ३ गते देशब्यापी प्रदर्शन गर्ने

 राप्रपा नेपाल     १ आश्विन २०८०, सोमबार १७:५३     29 जनाले पढ़िसके



Spread the love

काठमाडौं । राप्रपा नेपालले आगामी असोज ३ गते देशब्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । सोमबार बसेकव पार्टीको समीक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोधमा राँके जुलुश प्रर्दशन गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा गत भदौ २९ गते भएको बिरोध प्रदर्शनको समीक्षा र भावी कार्यक्रमको बारेमा छलफल भएको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यवस्थाले मुलुकलाई संकटको दलदलमा फसाएकाले यसबाट मुक्तिका लागि सडक संघर्ष गर्नुपर्ने बताए । ‘यो ब्यवस्था र प्रणालीले मुलुक बचाउन र बनाउन सकिन्न, अब आन्दोलनबाट नै सबै अटाउने ब्यवस्था ल्याउनुपर्छ’, थापाले भने ।