सुन प्रकरण: २९ जनालाई प्रतिवादी बनाइ मुद्दा दर्ता

 सुन काण्ड     ३१ भाद्र २०८०, आईतवार २१:१४     52 जनाले पढ़िसके



Spread the love

काठमाण्डौ- काठमाण्डौ जिल्ला अदालतमा ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको भन्दै २९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले आइतबार ३ जना फरारसहित २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

त्यस्तै सिआइबीले मुद्दा नचलाउने निर्णय गरेको रुक्मिना सुब्बालाई भने सरकारी वकिलले मुद्दा चलाउने निर्णय गरेको छ । सिआइबीले मुद्दा चलाउने निर्णय गरेको चिनिया नागरिक गोम्बोको हकमा पनि थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

सिआइबीले गोम्बोमाथि पनि मुद्दा चलाउने निर्णय गरेको भएपनि उनी फरार रहेको र म्याद तामेल गर्न समस्या हुने भएकाले उनीमाथि थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिई उनको हकमा तत्काल मुद्दा नचलाउने निर्णय गरेको हो ।

मुद्दा दायर भएकाहरुमा प्रमुख योजनाकार र मुख्य व्यक्ति भन्दै चिनिया नागरिक एलेक्स भन्ने याओ पुचेङ लगायतमाथि मुद्दा दर्ता भएको हो । गत साउन ३ गते हङकङबाट मोटरसाइकल र स्कुटकरको ब्रेक शुमा भित्र्याइएको ६० किलो ७१६ ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको थियो।

राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको थियो। प्रारम्भिक अनुसन्धान विभागले नै गरेकामा बीचमा विभागले बाँकी अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो।