एमाले उपाध्यक्ष नेम्वाङलाई अध्यक्ष ओलीको अन्तिम श्रद्धाञ्जली

 एमाले     २०८०, २६ भाद्र मंगलवार १३:०६     107 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष एवं पार्टीका उपाध्यक्ष सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन्। अध्यक्ष ओलीलगायत एमालेका नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली,योगेश भट्टराई,गोकर्ण विष्टलगायत नेताहरूले नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिएका हुन्।

अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिएका छन्।

नेम्वाङको निधनको खबरपछि एमाले महासचिव शंकर पोखरेल चीन भ्रमण छोट्याएर नेपाल फर्किदैछन्। नेम्वाङलाई श्रद्धाञ्जली दिनका लागि एमाले नेता तथा कार्यकर्ता,शुभेच्छुकलगायत पार्टी केन्द्रीय कार्यालयमा बाक्लो उपस्थित रहेको छ।

नेम्वाङलाई नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनाल,उपसभामुख इन्दिरा राना मगरलगायतले श्रद्धाञ्जली दिएका छन्।