नेम्वाङको अप्रत्यासित निधनले मर्माहत र स्तब्ध भएँ: राष्ट्रपति पौडेल

 रास्ट्रपति     २०८०, २६ भाद्र मंगलवार ०७:२९     108 जनाले पढ़िसके



Spread the love

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको बताएका छन्।

राष्ट्रपति पौडेलको सचिवालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ- सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको छ। दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ।

एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो।