सुवास नेम्वाङको निधनपछि प्रधानमन्त्री र एमाले अध्यक्ष अस्पतालमा

 एमाले     २६ भाद्र २०८०, मंगलवार ०५:१०     57 जनाले पढ़िसके



Spread the love
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री र एमाले अध्यक्ष अस्पताल पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र  एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा पुगेका हुन् ।
हृदयघातका कारण नेम्वाङको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । चिकित्सकले बिहान करिब २ बजे उनलाई मृत घोषणा गरेका थिए । उनलाई बालुवाटारस्थित निवासमै हृदयघात भएको थियो।